सगरमाथा अन्तराष्ट्रिय कराते सुरु

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालको आयोजनामा चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि नक्सालमा सुरु भएको छ । पहिलो दिन पुरुष÷महिलातर्फ क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भए । प्रतियोगिताको पूर्व अर्थ मन्त्री वर्षामान पुनले एक कार्यक्रमबीच उद्घाटन गरे ।
उद्घाटनका अवसरमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक मजिन्द्र सिंह र राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका आयोजक डोजोका खेलाडी आकाश पाललाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा पाँच राष्ट्रका १ हजार खेलाडीले विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख ईश्वर थापाले जनाएका छन् ।

Comment