अमेरिकाका एरिकाको सम्मान

करातेकी खेलाडी एरिका गुरुङलाई अमेरिकामा नगदसहित सम्मान गरिएको छ । ११ औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा १९औँ एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता गुरुङलाई ९ लाख नेपाली रुपैयाँ सहित सम्मान गरेका हुन् ।

विभिन्न सहयोगी एवं खेल प्रेमी हरूसँग सङ्कलन गरी ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ)र प्रमाण पत्र सहित सम्मान गरी खेलाडीको हौसला बधाई दिएको आयोजकले जनाएको छ ।

एरिकालाई बधाई तथा आगामी प्रतियोगिताका लागि थप सफलताको शुभकामना समेत दिएका छन् । सुनिलको सभापतित्वमा भएको कार्यक्रममा एसियाली खेलकुदका कास्य पदक विजेता समर बहादुर गोले प्रमुख अतिथि थिए । 

Comment