अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्ड मेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो ।सम्मान कार्यक्रममा टेक्ससको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो । गत २८ मार्चदेखि अप्रिल १सम्म अमेरिकाको टेक्ससमा भएको उक्त प्रतियोगितामा ऐरीकाले१८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् ।

साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् । यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । “युएस ओपन च्याम्पियनसिपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलो पटक हो । थप हौसला मिलेको छ । २० औँ एसियन गेममा खेल्न मद्दत पुग्छ,” प्रशिक्षक श्रेष्ठले भने । जुलाईमा भुटानमा हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौँ फर्किनेछ ।

Comment