मिस्ली र राकेशलाई जर्मनीमा स्वर्ण पदक

नेपालको च्याम्पियन कराते क्लबका खेलाडीहरूले जर्मनीको क्याम्निटजमा भएको अन्तर्राष्ट्रिय वादो कप कराते प्रतियोगितामा सफलता पाएका छन् । शनिवार भएको खेलमा सफलता पाउँदै ५५ केजीमा मिस्ली श्रेष्ठले स्वर्ण पदक जितिन । 

सेमीफाइनलमा जर्मनीको हंगर इस्डेलालाई ४–३ ले पराजित गरेकी उनले फाइनलमा चेक गणतन्त्रकी क्लाउस एन्जालाई ६–२ ले पराजित गरिन् ।

६० केजीतर्फ राकेश लामाले स्वर्ण पदक जिते । सेमीफाइनलमा राकेशले नाइजेरिया पुलिस क्लबका इयामू इवांस स्कॉटलाई ५–३ ले हराएका हुन् । फाइनलमा उनले जर्मनीका राजा रेहानलाई १–० ले पराजित गरे । 

८४ केजी भन्दा बढीको तौल समूहमा सुशील पौडेलले कास्य पदक जिते । क्वार्टर फाइनलमा जर्मनीका अल्ज्वेस्की पेट्रिकलाई ३–१ ले पराजित गरेका उनी सेमीफाइनलमा जर्मनका हाहँ जॉनीसंँग ४–१ ले पराजित भएको प्रशिक्षक प्रभाकर रानाले बताए । .

Comment