भुजेललाई काश्य


ईरानको मसाद सहरमा भएकोे दोस्रो मिक्स मार्सल आर्ट च्याम्पियनसिपमा नेपालका शंकर भुजेले कास्य पदक जितेका छन् । उनी पाकिस्तानी खेलाडीलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा भुजेल आयोजक राष्ट्रियका खेलाडीसंग पराजित भए । भुजेलले ५८ किलो तौल समुहमा प्रतिस्पर्धा गरेका हुन् । सो तौल समुहमा ईरानका खेलाडीले अमिन ईन्यातिजाबेदले स्वर्ण र अफगानिस्तानका मोहमद अज्मलले रजत पदक प्राप्त गरेका थिए । च्याम्पियनसिपमा १७ देशले सहभागीता जनाएका थिए । नेपालबाट तीन खेलाडी शंकर भुजेल, बद्रि थापा र विरमान लामा तथा प्रशिक्षक राजिव महर्जन सहितको चार सदस्यीय टोली सहभगि थियो । भुजेलले सन् २०१६ मा ईरानमा भएको प्रथम एसियन च्याम्पियनसिपमा पनि कास्य पदक जितेका थिए ।

Comment