उसुमा समस्या बढाउन ओलम्पिक कमिटीको खराब भूमिका 

नेपाल उसु महासङ्घले विज्ञप्ति जारी गर्दै यस खेलको नाममा भएको गलत क्रियाकलापका बारे आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको जनक बर्तौला नेतृत्वको उसु महासङ्घले साधारण सभा गरेर अर्को निर्वाचित कमिटी गठन गरी सके पछि गत महिना एक समूहले पुरानो बानेश्वर बत्तिस पुतलीमा भेला बसेर वीर बहादुर तामाङ अध्यक्ष रहेको नेपाल उसु महासङ्घ गठन भएको निर्णय गरेको थियो । त्यसको केही दिन अघि मात्र उच्च अदालत पाटनले बर्तौला नेतृत्वको महासङ्घको विरुद्धमा परेको रिट निवेदन खारेज गरेको थियो । 

यस सभामा उपस्थित कानुन मन्त्रीले नै अदालतको मान हानी गरेको उसु महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि नै तामाङ अध्यक्षतामा रहेको उसु महासङ्घले मनोमानी गरेको आरोप सहित उसु कर्मीले राष्ट्रिय खेलकुद परिषद्मा आवाज उठाए पछि २०७९÷०९÷०५ मा बर्तौलाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । 

२०७९ ÷१२÷०४ मा सो तदर्थ समितिले गरेको निर्वाचनले बर्तौला नै अध्यक्ष रहने गरी कार्य समिति निर्वाचित गरेको थियो । अदालतको निर्णय पछि पनि नेपाल ओलम्पिक कमिटीले बर्तौलाको अध्यक्षतामा रहेको नेपाल उसु महासङ्घलाई वास्ता गरेको छैन । 

नेपाल उसु महासङ्घले ओलम्पिक कमिटीले समेत नेपालको कानुनलाई बे वास्ता गरेको आरोप लगाएको छ । 

यसै परिप्रेक्ष्यमा बर्तौला नेतृत्वको महासङ्घकै चीनमा भएको प्रशिक्षणको फलस्वरूप विजय सिञ्जालीले उत्कृष्ट प्रदर्शन गरेका थिए । महासङ्घले कसैलाई भ्रममा नपर्न आग्रह गर्दै नेपालमा बर्तौला नेतृत्वको एउटै उसु महासङ्घ रहेको जनाएको छ । 

Comment