बाग्मतीको उसु छनोट सुरु

१० र ११ पुसमा आयोजना हुने प्रदेश स्तरीय खेलकुदका लागि बाग्मती प्रदेशको उसु छनोट शुक्रवार सुरु भयो । छनोट शनिवार सकिने छ । बाग्मती प्रदेश उसु सङ्घका अध्यक्ष अरुण क्षेत्रीको सभापतित्वमा छनोट कार्यक्रमको उद्घाटन भएको हो । थाउलो र सान्सौमा गरी २२ स्पर्धामा खेलाडी छनोट हुने छन् । 

नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा उसु महासङ्घका उप महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्त बहादुर लामा र प्रशिक्षक गणेश अर्यालको उपस्थिति थियो । 

Comment