बाग्मतीको उसु छनोट सम्पन्न

१० र ११ पुसमा आयोजना हुने प्रदेश स्तरीय खेलकुदका लागि बाग्मती प्रदेशको छनोट सम्पन्न भएको छ । २२ स्पर्धामा छनोट हुने खेलाडीलाई नेपाल उसु महासङ्घका उप महासचिव राजीव महर्जन र बाग्मती प्रदेश उसु सङ्घका अध्यक्ष अरुण क्षेत्रीले प्रमाण पत्र प्रदान गरे । 

क्षेत्रीले प्रदेश खेलकुदमा बाग्मतीका खेलाडीको उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको बताए । 

सान्सौंको पुरुष ४८ केजीमा सिन्धुलीका मिलन राई,५२ केजीमा निश्चल तामाङ, ५६ केजीमा विशाल विष्ट र ६० केजीमा ज्ञान ध्वज गोले, ६५ केजीमा काभ्रेका शंखध्वज वाइबा, ७० केजीमा सिन्धुपाल्चोकका राजेश रायमाझी, ७५ केजीमा धादिङका विशाल सुवेदी तथा ८० केजीमा ललितपुरका विदेश श्रेष्ठ छनोट भए । महिला ४८ केजीमा ललितपुरकी सरु सोती, ५६ केजीमा रामेछापकी मनीषा माझी, ६० केजीमा सिन्धुपाल्चोककी अनुष्का तामाङ, ६५ केजीमा काठमाडौँकी आयुशा महर्जन र ७० केजीमा सिन्धुपाल्चोककी अम्बिका तामाङ छानिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष छाङ छ्वानमा विपन थापा, नान छ्वानमा निखिल लामिछाने, थाइची छ्वानमा विवेक मण्डल र ताउसु कुन्सुमा रवीन्द्र आले मगर छनोट हुन सफल भए । चारै ललितपुरका हुन् । महिला छाङ छ्वानमा काठमाडौँकी अस्मिता श्रेष्ठ, नान छ्वानमा ललितपुरकी प्रेमकुमारी आले मगर र थाइची छ्वानमा ललितपुरकै अञ्जली लुङगेली मगर छानिए ।

क्षेत्रीले प्रदेश खेलकुदमा बाग्मतीका खेलाडीको उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको बताए । 

Comment