प्रहरी फाइनलमा


नेपाल प्रहरी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेको छ । प्रहरीले पश्चिमाञ्चललाई २–१ ले पराजित ग¥यो । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महलिा टिम इभेन्टमा पनि प्रहरी फाइनलमा पुग्यो । प्रहरीले पश्चिमाञ्चललाई नै ३–० ले हरायो ।
महिलामै नेपाल एपीएफ क्लब मध्यमाञ्चलबाट वाक ओभर पाउदै सेमिफाइनलमा प्रवेश ग¥यो । पुरुषमा नेपाली सेनाले मध्यमाञ्चललाई ३–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
प्रतियोगिताको लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् । प्रतियोगितामा पश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा तीन विभागीय टोलीका ३९ खेलाडी सहभागी छन् । २६ पुरुष र १३ महिला खेलाडी सहभागी प्रतियोगितामा विभिन्न ७ स्पर्धामा समावेश छन् । प्रतियोगिता मंसिर २ गतेसम्म चल्नेछ ।

 

Comment