आमा छोरी एसियाड खेल्ने कीर्तिमान

चीनको ह्वाङझाउ २३ सेम्टम्बर देखि ९ ९ अक्टोबर देखि हुने १९ औ एसियाली खेलकुदमा नेपालकी सुनिरा थापा छनोट भएकी छिन् । उनी सहित महिलामा अभिलाषा विष्ट र माहिका राणा पनि छनोट भएका छन् । यी तीन सहित रायना शाह १६ अक्टोबर  देखि बहराइनमा हुने बेलिजियन किङ्स कप टेनिसमा पनि सहभागी हुने छन् ।

यस अघिको प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा पनि उनी छनोट हुने कुरामा विश्वस्त  थिइन् । तर भाग्य नै पर्छ गत वर्ष घोषित एसियाड  सुनिराका लागि भाग्यको विषय बन्यो । गत वर्ष एसियाडमा नेपालले सहभागिता जनाउने खेलमा एसियाडमा छनोट भएकी उनले पछिल्लो समय भएको सिओएस कपमा पनि पहिलो स्थान हात पारेकी थिइन् । यो नै उनको जीवनको पहिलो उपाधि हो । 

१४ वर्षमा खुलामा उपाधि विजेता उनी १५ वर्षको उमेरमा एसियाडका लागि छनोट हुनु चानचुने कुरा होइन । सम्भवतः ः उनी एसियाडमा सहभागिता जनाउने कम उमेरकी नेपाली खेलाडी मध्यकी एक हुन् । 

आमा निरा कायस्थ सफ्ट टेनिसकी लामो समयको राष्ट्रिय च्याम्पियन हुन् । आमाकै प्रेरणामा यस खेलमा आबद्ध भएकी उनको भविष्यको लक्ष्य यसै खेलमा स्टार बन्ने छ । 

लगातारको मेहनत र प्रेरणाले यो सफलता पाउनेमा उनी विश्वस्त छन् । यस सफलताका लागि उनी मुख्य श्रेय आमा निरा सहित परिवारलाई दिन चाहन्छन् । यस सफलतामा विनोद लन टेनिस सङ्घका उपाध्यक्ष तथा कास्की जिल्ला टेनिस सङ्घका संस्थापक अध्यक्ष कायस्थको सद्भाव महत्त्वपूर्ण रहेको छ । 

आमा निराले चीनमै भएको १९९० को ११ औ एसियाडमा सहभागिता जनाएकी थिइन् । यो नै नेपाली खेलकुदको कीर्तिमान हो ।  २३ वर्ष लामो समय पछि कायम भएको यस कीर्तिमानमा निराको त खुसीको सीमा नै छैन  । खेलकुदमा लगो बापत उनले पाएको यो सबैभन्दा महत्त्वपूर्ण हो ।  खेलकुदमा लगो बापत उनले पाएको यो सबैभन्दा महत्त्वपूर्ण हो ।  उनले यस सफलताका लागि सबै प्रशिक्षक प्रति आभार व्यक्त गरेकी छिन् । नेपाल जस्तो सामान्य परिवेशका व्यक्तिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता साँच्चै चुनौतीपूर्ण हो । तथापि सुनिरा आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको कुरामा सचेत छिन् । यसैका लागि उनी दत्त चित्त छिन् । यसले आफूलाई सहयोग गर्ने अन्य सम्पूर्ण सहित खेलको वातावरण मिलाइदिने सेन्टमेरिच स्कुलको सान बढ्ने कुरामा विश्वस्त छिन् । 

Comment