मायंकाको इन्गेजमेन्ट

टेनिसकी तिन पटककी राष्ट्रिय च्याम्पियन मायंका राणाको इन्गेजमेन्ट भएको छ । उनको आइतबार अनुभव सिरिहियोसँग इन्गेजमेन्ट भएको हो । 

मायंका एउटै राष्ट्रिय खेलकुदमा तीन स्वर्ण पदक विजेता समेत हुन् । उनी र उनकी बहिनी माहिका राणाले एसियाडमा सँगै सहभागिता जनाएका थिए ।  नेपालको टेनिस इतिहासमा तीन दिदी बहिनी नै राष्ट्रिय च्याम्पियन भएको  कीर्तिमान पनि मायंकाको  नाममा छ । उनकी दिदी मल्लिका राणा पनि पूर्व राष्ट्रिय च्याम्पियन हुन् । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहीयाका माइला छोरा हुन् । 

मायंका नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणा र नेपाल टेनिस सङ्घकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीकी बरिष्ठ उपाध्यक्ष ज्योति राणाका छोरी हुन् । यी दुईको विवाह आगामी वैशाखमा हुने तय भएको छ । 

Comment