गोजुकाइ टोली क्यानाडा जाँदै


सातौं कराते डो गोजुकाई ग्लोबल च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ५ सदस्यीय नेपाल गोजुकाई कराते डो संघ टोली क्यानाडाको रिचमन्ड जाँदैछ । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारमा सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । सेप्टेम्बर २८ देखि अक्टोबर १ तारिखसम्म हुने प्रतियोगितामा अच्यूतराज उप्रेतीले पुरुष ८५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । अच्यूत सन् २०१५ मा भारतमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपका दोहोरो पदक विजेता हुन् । उनले ६६ केजीमा स्वर्ण तथा खुला तौलसमूहमा रजत जितेका थिए ।
टिम व्यवस्थापकमा अशोककुमार पाण्डे, अफिसियलमा जनार्दन उप्रेती, निर्णायकमा इन्द्रबहादुर शाही खड्गी र प्रशिक्षकमा श्यामकृष्ण बाटा रहेका छन् । टोली सेप्टेम्बर १९ तारिख क्यानाडा प्रस्थान गर्ने कार्यक्रम छ ।

 

Comment