रायनालाई स्वर्ण


एस स्कुलकी रायना शाहले १० औं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा भएको फाइनलमा रायनाले सेन्ट जेभियर्सकी ईशाश्री शाहलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।
यु–१४ गल्र्स डबल्समा एलएका सलोनी तामाङ र सिकुम सुब्बाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा एलएकै हर्शिता पन्त र करुणा बुढाथोकीलाई ६–२ र ६–३ को सीधा सेटमा हराए ।
यु–९ ब्वाइज सिंगल्सको फाइनलमा जोन डेवीका आयुशमान हजुर घलेले एलएका सक्षमविक्रम शाहलाई ५–४ र ४–२ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।
यु–१२ ब्वाइज सिंगल्समा अक्षराका आदित्य सुवेदीले विश्व निकेतनका प्रितम परियारलाई ६–२ र ६–० तथा नेपाल पुलिस स्कुलका निश्चल अधिकारीले आफ्नै स्कुलका चिराग तिमल्सिनालाई ६–१ र ६–१ ले सहजै पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । यु–१० गल्र्स सिंगल्समा यु–९ सिंगल्समा च्याम्पियन बनिसकेकी प्रिमियरकी प्रशंसा मोक्तानले मल्पी सिटीकी समृद्धि श्रेष्ठलाई ६–२ र ६–३ ले हराउदै सेन्ट मेरिजकी इभा अधिकारीसंग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा इभालले लोयल्टी एकेडेमीकी रोशनी लिम्बूमाथि ५–७, ६–२ र ११–९ को संघषपूर्ण जित निकालेकी थिइन् ।
सोही स्पर्धाको ब्वाइजमा काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर, जोन डेवीका आयुशमान हजुर घले, केन्द्रीय विद्यालयका राजवीर प्रधान र पुलिस स्कुलका प्रसिद्ध बस्नेत आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगेका छन् ।

Comment