ब्याडमिन्टन टोली भारत जाने


यानेक्स सनराइज इन्डिया इन्टरनेसनल जुनियर ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार भारतको पुने प्रस्थान गर्दैछ । पुरुष खेलाडीहरुमा प्रफुल्ल महर्जन, पविन लिङखेप र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सनैना मुखियाँ रहेको नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन् ।
अगष्ट ३१ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने प्रतियोगितामा राखेपका सदस्य एवं ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ टोली प्रमुख, ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठ व्यवस्थापक र किरण थापा प्रशिक्षकका रुपमा टोलीसंग जानेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शनिबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

 

Comment