ब्याडमिन्टन २१ एकेडेमीबाट प्रशिक्षण सुरु

ब्याडमिन्टन २१ एकेडेमीबाट आयोजित इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर भक्तपुर र काठमाडौँमा सुरु भएको छ । भक्तपुरको भादगाउँ स्पोर्ट्स एन्ड लिजर र काठमाडौँको कठायत ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण शिविर सुरु भएको छ । 

सो शिविरका लागि भारतको भूपाल र झार खण्डका १० जना जुनियर ब्याडमिन्टन खेलाडी र ३ जना सिनियर प्रशिक्षकको टोली बिहीबार नेपाल आइपुगेको हो । 

भक्तपुरको शिविरको थालनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रीय सदस्य सुमित्रा थापा र काठमाडौँको शिविरको थालनी राखेपका पूर्व बोर्ड सदस्य सुवास श्रेष्ठले गरे । 

ब्याडमिन्टन २१ एकेडेमीका भारतीय निर्देशकले यस किसिमको शिविरले भाइचाराको विकास हुने तथा राम्रा खेलाडी उत्पादनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

ब्याडमिन्टन २१ नेपालका निर्देशक उदय अर्यालले यस किसिमको कार्यक्रमले नेपाली ब्याडमिन्टन खेलाडीलाई लाभ हुनुका साथै खेल पर्यटनमा समेत टेवा पुग्ने बताए । 

नेपाल ब्याडमिन्टन सङ्घको अस्तित्व नै नरहेको शून्य समयमा ब्याडमिन्टन २१ एकेडेमीले प्रशिक्षण शिविरको आयोजना गर्नु प्रशषनीय कुरा भएको समेत सुवासले बताए । 

Comment