हङकङमा मिलन र नरेन पहिलो

चुनमुन बटरफल्याइ स्पोर्ट सेन्टरमा सातौँ  एचके एनबिए ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । पुरुष युगल ( क ) वर्ग र पुरुष युगल ( ख ) वर्ग तथा महिला युगल गरी जम्मा ३ विधामा प्रतियोगिता गराइएको थियो । खेलको उद्घाटन अध्यक्ष शुभराज राई र सल्लाहकार इन्द्र बनेमले गरेका थिए ।

क वर्ग युगलमा मिलन राई र नरेन गुरुङको जोडी विजेता तथा किरण राई र सञ्जीव राईको जोडी उपविजेता भएको हो । यसै गरी, ख वर्ग युगलमा सुरेन लिम्बु र इस्वर गुरुङ विजेता तथा सन्तोष राई र कमानध्वज लावती उपविजेता भए । महिला तर्फ विजेता प्रतिभा गुरुङ र मञ्जु राई र उप विजेता मनुसा राई र शुहाङमा राई बन्न सफल भए ।

किरण राई कार्यक्रममा संयोजक थिए । प्रतियोगिताको विजेताले ५०००.र उप विजेताले २५०० डलर पुरस्कार पाए । यसै गरी, समूह ख विजेता ५००० तथा उप विजेताले २५०० हङकङ डलर पुरस्कार पाए । महिला तर्फ विजेताले २००० तथा उप विजेताले१००० हङकङ डलर पुरस्कार पाएको हङकङबाट हेमराज राईले जानकारी दिए । 

Comment