ओलम्पिक नेतृत्वको सामाजीक क्षेत्रमा चासो


डल्लु आबासलाई नमुना आबासको रुपमा विकसीत गर्ने योजनामा डल्लु आबास स्थानीय सहयोग समिती सक्रिय रहेको छ । यो सक्रियतामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका जिवनराम श्रेष्ठको भुमिका पनि महत्वपूर्ण रहेको छ । सुबीधा युक्त भवन,सार्वजनिक स्थानमा पार्क निमार्ण तथा अन्तरष्ट्रिय मापदण्ड अनुसार ब्लक विभाजन गरी ब्यबस्थीत आवास बनाउने योजना रहेको छ ।
डल्लु अबास स्थानीय सहयोग समितीको अध्यक्ष राजा शाक्य रहेका छन् । यसैगरी, पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख सल्लाहकार रहेका छन् । यसै वडाका पूर्व जनप्रतिनिधी समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ सल्लाहकारको रुपमा क्रियासिल छन् । गत साताको अन्त्यमा प्रमुख सल्लाहकार र सल्लाहकारले यहाँको अबलोकन गर्दै आबस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिसकेका छन् । अबलोकनको क्रममा खनाल र श्रेष्ठको साथमा काठमाडौं महानगरपालीका वडानम्बर १५ का वडा अध्यक्ष इश्वरमान डंगोलको पनि उपश्थिती थियो ।

Comment