नुवाकोटका मनीष र दिपिका पहिलो


नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको उसुमा पनि काठमाडौंले नै बाजी मा¥यो । काठमाडौंले ४ स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । २ स्वर्ण र उत्तिनै रजत जितेको नुवाकोट दोश्रो भयो । १ रजत र २ कांस्यमा ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो ।
छात्र थाइची छ्वानमा नुवाकोटका मनीष बुढाथोकी पहिलो भए । उनले सर्वाधिक ७.५० अंक जोडे । काठमाडौंका विवेक श्रेष्ठ दोश्रो र मकवानपुरका नवदीप श्रेष्ठ तेश्रो भएको । सो स्पर्धाको छात्रामा चितवनकी ज्योति तामाङ ७.४१ अंक जोड्दै पहिलो भइन् । नुवाकोटकी दीपिका राई दोश्रो र ललितपुरकी दीपा महजर्न तेश्रो बने । बाँकी ४ स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।

Comment