रविन र सारालाई स्वर्ण


पशुपति कैलाश उसु क्वानका रविन श्रेष्ठ र ड्रागन उसु क्वानकी सारा तामाङले प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
मार्सल आर्ट अर्गनाइजेसन नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत छाङ छ्वान छुचीको पुरुषमा रविनले ५.४० र महिलामा साराले ५.४५ अंक जोड्दै स्वर्ण हात पार्न सफल भए । पुरुषमा मनमैजु उसु क्वानका कृष तामाङ दोश्रो र बुद्ध प्रकाश स्कुलका हिमान्शु खड्का तेश्रो भए । महिलामा पशुपतिकी रन्जिता महत दोश्रो र आइडियल मोडेल स्कुलकी निरु राई तेश्रो बने ।
टिम स्पर्धाको तुइलुमा मनमैजु पहिलो, ग्रिनफिल्ड स्कुल दोश्रो र पशुपति तेश्रो भए । त्यस्तै पुरुष ताइची छ्वानमा बुद्ध प्रकाशका पासाङ शेर्पा सर्वाधिक ७.१० अंक जोड्दै पहिलो बने । मनमैजुका मनीष बुढाथोकी दोश्रो र बुद्ध प्रकाशका विवेक शाक्य तेश्रो भए ।

Comment