बिलमलालको अग्रता

bilamlalमदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा गोल्डेन गेट चेस क्लबको संयोजनमा जा।ी चेस मास्टर्स राउन्डरोबीन चेस प्रतियोगितामा फीडे मास्टर बिलम लाल श्रेष्ठले अग्रता कायम गरेका छन् । बिलमले सात चरणको समाप्तीमा पाच अंक जोडेका छन् । बुधबार भएको खेलमा उनले रुपेस जयसवाल र जर्नादन श्रेष्ठलाई पाजित गरे । एक दिन अघि सम्म अग्रता कायम गरेका रुपेस जयसवाल बुधबार बिलम र मनीस हमालसंग पराजित भए पछि ४.५ अंकमा नै सिमित भएका छन् । चौथो चरणमा केशब श्रेष्ठसंग बराबरी गरेका मनीसको पनि ४.५ अंक छ ।

Comment