आर्मीको लगातार तेश्रो जित


त्रिभूवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार लगातार तेश्रो जित हात पारेको छ । आर्मीले साउथ साइडर्सलाई ८२–६१ ले पराजित ग¥यो । आर्मीको जितमा रविन खत्रीले २२ अंक जोडे । आर्मीले पहिलो क्वाटरमा २९–८ को महत्वपूर्ण अग्रता लियो । दोश्रो क्वाटर १९–१९ को बराबरीमा सकियो भने तेश्रोमा आर्मी १७–१९ ले पछि प¥यो । चौथो क्वाटरमा पुनः आर्मीले १७–१५ को अग्रता हासिल ग¥यो ।
पुरुषमै आयोजक विशाल मिलन केन्द्र (विएमके) इनोभेटिभ बानेश्वरलाई ६९–६१ ले हरायो । विजयी टिमका लागि सन्देश तामाङले १७ अंक जोडे ।
विएमकेले पहिलोमा २५–१४ र तेश्रोमा १४–१३ को अग्रता बनाउदै जित सुनिश्चित गरेको थियो । विएमके दोश्रोमा ९–१२ र चौथोमा २१–२३ ले पछि परेको थियो ।
महिलातर्फ हिमालयन ह्वाइटहाउसले प्राइमलाई ४५–४० ले निराश पा¥यो । ह्वाइटहाउसकी अनुषा मल्ल ठकुरीले २० स्कोर गरिन् ।
सुरुमा ३–१० ले पछि परेको ह्वाइटहाउस दोश्रोमा १४–७ ले अगाडि रह्यो । तेश्रो क्वाटर समान १५–१५ अंकमा टुंगिदा दुवै टोली १७–१७ को बराबरी स्थितिमा थिए । चौथो क्वाटर ह्वाइटहाउसले १३–८ ले कब्जा जमाएपछि प्राइम विरुद्ध जित सम्भव भयो ।

Comment