एसियन जोनल काठमाडौंमा


विश्व चेस महासंघ फिडेको आधिकारिक प्रतियोगिताको रुपमा रहेको विश्वकप चेसको छनोट प्रतियोगिता एशियन जोनल ३.२ चेस च्याम्पियनसीप नेपालमा दोश्रो पटक आयोजना हुने भएको छ । मार्च १८ देखि २८ तारिखसम्म संचालन हुने छ । फिडेको बिश्व चेस च्याम्पियनसीप साइकल २०१६–२०१८ अन्तर्गत आगामी सेप्टेम्बर २ देखि २८ तारिखसम्म जर्जीयामा संचालन हुने फीडे र्वल्डकप २०१७ को लागि आधिकारिक छनोट च्याम्पियनसीप नेपालले दोश्रो पटक आयोजना गर्न लागेको हो । नेपालमा यस अघि २०७१ चैत्र १२ गतेदेखि १९ गतेसम्म नगरकोटस्थित होटेल रत्नागिरीमा भएको थियो । यस प्रतियोगितामा फिडेको एशियन ३.२ जोनमा पर्ने एशियाका ६ राष्ट्रहरु नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तान सहभागी हुनेछन् । प्रतियोगितामा महिलातर्फ १६ जना तथा खुल्लातर्फ ३० जना गरि ४६ जना खेलाडीहरुको सहभागीता रहनेछ । साथै कान्तिपथस्थित होटेल यलो प्यागोडामा खेल संचालनका लागि प्रमुख आर्विटरको रुपमा भारतका अन्र्तराष्ट्रिय आर्विटर धर्मेन्द्र कुमार आउनेछन् ।
नेपालले दोश्रो पटक आयोजना गर्न लागेको यो ऐतिहासिक प्रतियोगितामा कुल पुरस्कार ६ लाख ५० हजार रहेको छ भने प्रतियोगिता संचालनार्थ अनुमानित ३० लाख रुपैंया खर्च लाग्नेछ ।

Comment