मीन नै अगाडि

dhanuss
थकाली सेवा समिति, काठमाडौंका मीन गौचन चौथो धनुषवाण प्रतियोगिताको तेश्रो दिन आइतबार शीर्ष स्थानमा कायमछन् । दोश्रो दिनदेखि अग्रता बनाएका मीनको ६ अंक छ । मनाङ मस्र्याङ्दी क्लबद्वारा आयोजित प्रतियोगितामा म्याग्दी मगर समाज, काठमाडौंका द्वयभीम रम्जाली र श्रीप्रसाद पुन समान ५–५ अंकमा दोश्रो स्थानमा उक्लिएका छन् ।
पहिलो दिन ४ अंकजोड्दै एकलअग्रताबनाएकाथकाली सेवा समितिकामोहनगौचन ४ अंकमै सीमितहुँदै तेश्रो स्थानमाझरेकाछन् ।
मनाङ मस्र्याङ्दीक्लबकाद्वयनोर्बु गुरुङ र मुखिया गुरुङ (टंकी) तथाम्याग्दीकातिलकपुन समान ३–३ अंकमाचौथो स्थानमाछन् । दोश्रोदिनसम्मउनीहरुत्रय तेश्रोमा थिए ।
प्रतियोगताअन्तर्गत व्यक्तिगत स्पर्धा सोमबार सम्पन्नहुनेछ । प्रतियोगिताको अन्तिमदिनटिम स्पर्धामाप्रतिस्पर्धा हुनेछ । टिममाशीर्ष तीन स्थानहा सिलगर्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट धनुर्धर र ‘सार्प सुटर’ लाई ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

Comment