पेनकेक सिलातको तालिम

पेनकेक सिलातको दोस्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए ।
तीन दिने तालिममा ३० प्रशिक्षक तथा २० रेफ्री सहभागी थिए । सहभागीलाई विवेककुमार विक र गोविन्द चौधरीले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले एक कार्यक्रमबिच प्रमाण पत्र प्रदान गरे । तालिमको लुम्बिनी प्रदेशका सांसद कृष्णकुष्मा थारुले उद्घाटन गरेका थिए ।

Comment