हाइड एन्ड सिकमा गुरुङ र लामाको सम्मान

हाइड एन्ड सिक किन्डर गार्डेनले ११ औ वार्षिकोत्सवको अवसरमा १९ औ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक समेत रहेका बहुआयमिक खेल व्यक्तित्व हरि लामालाई सम्मान गरेको छ । करातेका राष्ट्रिय रेफ्री लामा रग्बीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नाइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा भएको एसियाली छनोटमा सहभागिता जनाएका थिए । साथै लामा फुटबलको एएफसी सी लाइसेन्स प्रशिक्षक हुन् । साथै उनले गोलकिपिङ कोचको प्रशिक्षण पनि गरी सकेका छन् । 

उनी विगत ११ वर्ष देखि सो किन्डर गार्डेनमा आबद्ध छन् । किन्डर गार्डेनले प्रत्येक वर्ष एक जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडीलाई सम्मान गर्ने गरेको छ ।  

काठमाडौँ वनस्थलीस्थित ढुंगेधारा स्थित किन्डर गार्डेनको प्राङ्गणमा भएको कार्यक्रममा  सभापति डा. चण्डिका प्रसाद भट्ट, संस्थापक निर्देशक हरि गौतम, संस्थापक निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले गुरुङ र लामालाई सम्मान गरेका हुन् ।  

Comment