तीन खेलाडी शीर्षमा


स्याङ्गजा। फागुन स्याङ्गजा जिल्ला बुद्धिचाल संघ द्धारा आयोजित धनबहादुर प्रधान स्मृति खुल्ला फिडे रेटिंग बुद्धिचाल प्रतियोगितामा शनिबार दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए। तेश्रो चरणको समाप्तिमा पूर्व नेपाल च्याम्पियन द्धय बद्रिलाल नेपाली र सिएम भुपेन्द्र निरौला तथा धनुषाका शुशील चौधरी समान ३ अंकका साथ संयुक्त रुपमा शीर्षमा छन्।
स्वीस लिग ७चरणका खेल हुने प्रतियोगितामा भक्तपुरका भेट्रान गणेशमान दुवाल र चितवनका सुमित पन्तले २जित र एक बराबरी खेलेर साढे २ अंक जोडेका छन्।यसैगरी पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार, कास्कीका सुनिल कोइराला र रन्जन कुँवर, दमकका विक्रम सिंह, स्याङ्गजाका गणेश श्रेष्ठ, ईश्वरपराजुलि, विपन पराजुलि, छविलाल नेपाली, प्रवेश भुजेल, अर्विनकुमार बस्याल, शोभाकान्त ढकाल र रोशन थापाले समान २ अंक प्राप्त गरेका छन्।
पुतलीबजारस्थित लक्ष्मी स्मृति पुस्तकालयमा संचालितखेलमा ३जना पूर्व नेपाल च्याम्पियनहरु सहित १३जिल्लाका ४०जना खेलाडीहरु सहभागी छन्। यस प्रतियोगिताका उत्कृष्ठ१८जना खेलाडीहरुको लागि कुल ८० हजार नगद पुरस्कार रहेको आयोजक संघका अध्यक्ष शेरजङ्गअधिकारीले बताए।

Comment