नीर र जीवन फाइनलमा

कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा नीर र जीवनको जोडीले नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई २१–१३ र २३–२१ को सोझो सेटमा पराजित गरे ।

Comment