रुकेश र प्रफुल्ल सेमिमा

नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।रुकेश र प्रफुल्लको जोडीले कम्प्लिट हेल्थ क्लबका केशव पौडेल र थम राणाको जोडीलाई २१–१७, १४–२१ र २१–१३ को सेटमा पराजित गरे ।
कम्प्लिटका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडीले प्रतिद्वन्द्वी खेम सुब्बा र तुल्सी पुरीको जोडीबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे ।

Comment