दुबइमा नेपालीको साख बढाउदै रबी

rabi shahi1
एक दशक अघि नेपाली करातेमा परिचीत नाम रबी शाही अहिले संयुक्त अरब इमिरेट्समा पनि  त्यत्तिकै सक्रिय छन् । गोजुरियो कराते नेपालमा भर्खर सक्रिय हुदा यस खेलमा थुप्रै अन्ताराष्ट्रिय  सफलता पाएका रबीले सन् २००२ मा भएको पहिलो अन्तराष्ट्रिय हाइस्कुल कराते च्याम्पियनसीपमा ५५ किलो कुमुतेमा पहिलो स्थान पाउनुका साथै फेयर प्ले उपाधि पनि पाएका थिए ।
उनको सफलतको कथा यत्तिमा मात्र रोकीएन । सन् २००४ मा भएको अन्तराष्ट्रिइ कराते क्लब च्याम्पियनसीपमा पनि उनले ६० किलो कुमते तथा कातामा पहिलो स्थान पाएका थिए । यस अघि उनले सन् २००३ मा चेन्नाइमा भएको गोजुरियो कराते च्याम्पियनसीपमा पनि ५५ किलो कुमुतेमा स्वर्ण पदक पाएका थिए । त्यसको एक बर्ष पछि भएको यसै प्रतियोगितामा उनले कातामा स्वर्ण पदक पाएका थिए
करातेमै समर्पीत रबीले पछिल्लो समय दुबइ पुगेर पनि करोतमै आफूलाई सक्रिय राखे । पारीवारिक वातावरण पनि पूर्ण खेलकुद मय भएका कारण करातेमै रमाएका रबीलाई उनका बाबु राजु शाही र आमा उमादेवी शाहीको उत्तिकै सद्भाव  रहेको थियो । यत्ति मात्र होइन कराते खेलाडी रञ्जिता रिसालसंग बिबाह बन्धनमा बाधीएका रबीका लागि पारीवारिक वातावरण झन् सहज बन्यो ।
हाल   जापान कराते सेन्टर अन्तरगत युएइ कराते महासंघमा आबद्ध प्रशिक्षक रबीको मिहेनत र प्रतिभाले धेरैलाई प्रभावित पार्न थालीसकेको छ । डब्लुकेएफ रेफ्रि तथा एकेएफ रेफ्रि काउन्सील सदस्य भास्कर सिनोभाषने अन्तरगत रहेका प्रतियोगिता सञ्चालनको कार्य गरिरहेका छन् । राम्रा खेलाडी, प्रशिक्षक तथा रेफ्रि रबील्े दुबइमा गरेको मिहेनतले त्यहा रहेका सम्पूर्ण नेपालीको साख अझ उचो रहेको छ ।

Comment