अनुजलाई बिइएफ चेसको उपाधि

हिमालय बोर्डींग स्कुलका अनुज दाहाल बुढानीलकण्ड एजकेशन फाउन्डेसन र ध्रुवतारा इग्लीस स्कुलको संयुक्त आयोजनामा प्रथम बिइएफ अन्तरविद्यालय चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले ६ अंक जोडे । पाच अंक जाडेका आयोजक विद्यालयका सन्दिप सुनुवार दोश्रो तथा नेसनल युनाइटेडका सबिन मर्हजन तेश्रो भए । एसआरएलइएसका सन्जोग सुब्बा चौथो तथा पाच अंक नै भएका बुढानील कण्ड आश्रमका सम्पूर्ण न्यौपाने पाचौ भए । ४.५ अंक सहित शीसु मिलनका अनुराग श्रेष्ठ छैटौ भए । चार अंक भएका मञ्जरी स्कुलका पूर्ण गुरुङ्ग,मिनारका राहुल पोखरेल,हिमालयका निनाहाङ्ग राइ, र हिमलाय उच्च माबीका राज लामा शिर्ष १० स्थानमा रहे ।
दुइ प्रतियोगितामा २८ विद्यालयका ५६ खेलाडीको सहभासिता रहेको थियो ।े प्रतियोगिता स्वीस लिगको आधारमा ६चरणसम्म भएको थियो । प्रतियोगिताका विजेतालाई ध्रुवतारा स्कुलका प्रीन्सीपल जेएस पौडेललगायतले पुरस्कार प्रान गरे । प्रतियोगिताको अन्तिम दिन फीडे मास्टर मनीस हमालले चेस सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Comment