पोखरा क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा
म्यान अफ दि म्याच विजय राउत र चन्द्रकुमार गुरुङले समान ४÷४ विकेट लिएपछि पोखरा क्रिकेट क्लबले सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा अरण्यज्योति क्रिकेट क्लबलाई नौ विकेटले पराजित गरेको छ ।
६७ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले कप्तान रिजन प्रजुले नटआउट ४५ रन हिर्काएपछि १२ ओभर चारबलमा एक विकेटको क्षतिमा पुरा गर्दै फाईनल प्रवेश गरेको हो । प्रजुलाई नटआउट १६ रन बनाउँदै क्रिजमा अश्विनी रानामगरले साथ दिएका थिए ।
टस जितेर व्याटिङ रोजेको अरण्यज्योतिले केवल ६६ रनमा अलआउट हुदाँ कप्तान विधान श्रेष्ठले मात्रै २४ रन हिर्काए । उनीसँगै उनका दाजु विनित श्रेष्ठ पनि क्रिजमा जम्न संकेत देखाएपनि कभरमा क्याच आउट हुदैं पवेलियन फर्किएका थिए । पोखरा क्रिकेट क्लबका विजय राउतले आठ ओभरमा १४ रन दिएर चार विकेट लिए । त्यस्तै चन्द्रकुमार गुरुङले पनि ४ विकेट लिने क्रममा छ ओभर १५ रन रन खर्चिए । म्यान अफ दि म्याच राउतलाई पोखरा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले ट्रफी प्रदान गरेका थिए । शनिबार पोखरा क्रिकेट क्लब र माछापुच्छ«े क्रिकेट क्लब बीच फाईनल हुने छ ।

Comment