नेपाली खेलाडीलाई २२ औ स्थान

tennis 1
थाइल्यान्डको बैंककमा सम्पन्न आइटिएफ १४ तथा १४ बर्ष मुनीको एटीएफ जुनियर टेनिस डिभिजन वान टुर टुको खेलमा नेपालका  संरक्षक भुषण बज्राचार्यले २२ औ स्थान हात पारेका छन् ।
६४ प्रतियोगि समाबेश प्रतियोगितामा उनले हंङकङका सिलिंग योंग कोंग, उज्वेकिस्तानका ओलीबनाभे नाभेज र इन्डोनेसियाका थलाहा फीलीयान्टोलाई हराए । उनले काजकिस्तानका रिगीयोज मिरोजादेभसंग पराजयको सामना गरेका थिए ।
यसैगरी, एनीमाथेमाले पनि ६४ जना सहभागि महिला स्पर्धामा २२ औ स्थान नै हात पारिन् । उनले श्रीलंकाककी नाथेमी मुनेवारालाई हराइन् । उनी फीलीपीन्सकी मिकेला भिसेनोसंग पराजित भइन् ।

Comment