प्रशिक्षकको कोटामा अनधिकारिक व्यक्ति

बङ्गलादेशमा जारी ह्यान्डबल प्रतियोगितामा नेपाली टोलीमा अनियमितता भएको जनाइएको छ । आयोजकले प्रस्ट रूपमा एक टोली बराबर दुई जना प्रशिक्षकका लागि निम्ता गरे पनि दुई टोली सहभागी नेपालले प्रशिक्षकका विशाल बस्नेत र दिनेश श्रेष्ठलाई मात्र समावेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को फेसबुक पेजमा जनाइए अनुसार आईएचएफ यु–२० तथा यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार बङ्गलादेश प्रस्थान गरेको छ । प्रतियोगिता जुन १० देखि १४ तारिखसम्म हुनेछ ।

यु–२० मा प्रशिक्षक दिनेश श्रेष्ठ र यु–१८मा विशाल बस्नेत तथा अफिसियल कृष्ण चोङवाङ छन् ।
आइएचएफले पठाएको पत्रमा प्रति टोली १४ खेलाडी तथा २ प्रशिक्षकका लागि यातायात र आवास र भोजनको व्यवस्था गर्ने जनाइएको छ । यसरी प्रशिक्षकको दुई जनाको कोटा भए पनि दुई जना मात्र प्रशिक्षक पठाइए पछि प्रश्न उब्जिएको छ ।
