दोस्रो ओम फ्यामिली कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि लामिछानेलाई

tennis pokhara
पोखरा
दोस्रो ओम फ्यामिली कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछानेले जितेका छन्। मड्डलबार सम्पन्न फाइनल खेलमा विकास गुरुङलाई २–१ सेटमा पराजित गर्दै लामिछानेले सो उपाधि जितेका हुन्। पौने दुई घण्टासम्म चलेको प्रतियोगिताको पहिलो सेट सानदार फर्ममा देखिएका विकासले ६–१ ले आफ्नो पक्षमा पारेका थिए। तर खेलमा रणनीति परिवर्तन गर्दै दोस्रो र तेस्रो सेटमा लामिछानेले दुवै सेट कब्जा गरे। उनले दोस्रो सेट ६–४ ले तथा तेस्रो सेट ७–५ ले जितेका हुन्।
प्रतियोगिताका विजेता तथा उपविजेताले शिल्ड मेडल पुरस्कार प्राप्त गरे। अग्रज टेनिस खेलाडी समिर शेरचन र कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले पुरस्कार वितरण गरे। प्रतियोगितामा विकासले सर्वोत्कृष्ट खेलाडी घोषित भए। सुनिल श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो।

Comment