नेपाली खेलाडी बर्लीन जादै

चार नेपाली खेलाडी १६ देखि १८ फेब्रुअरी आयोजना हुने बर्लीन ओपन करातेमा सहभागि हुन बुधबार त्यस तर्फ प्रश्थान गर्दै छन् । त्यसतर्फ प्रश्थान गर्ने खेलाडीमा ११औ सागकी रजत पदक विजेता अनु अधीकारीको साथमा मल्लीका थापा, मुकुन्द« मर्हजन र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।
अनुले ५० किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् भने मल्लीकाले ५५ किलोमा मुकुन्द्रले ६७ किलोमा तथा मन्डेले एकल कातमा प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई मंगलबार प्यारागन पब्लीक स्कुलका प्रबन्ध निर्देशक साकिर उदेल, अपरेसन मेनेजर विलाल खान, नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ बोस, कराते प्रशिक्षक महेश रञ्जित र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले विदाइ गरे ।
टोलीलाई प्यारागन स्कुलले हवाइ टिकट प्रायोजन गरेको छ भने राम श्रेष्ठ बोसले खेलाडी किड्स र महेन्द्र मर्हजनले ट्रयाकसुट प्रायोजन गरेका छन् । यसैगरी, टोलीलाई न्यातपोल क्लासिकका विष्णु श्रेष्ठले पनि आर्थीक सहयोग गरेका छन् ।

Comment