बुद्धिचाल टोलि फिलिपिन्स प्रस्थान

bibek thing1आगामी नोभेम्बर २८ देखि डिसेम्बर ४ तारिखसम्म फिलिपिन्समा सञ्चालन हुने एसियन जुनिएर चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली बुद्धिचाल टोलि त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल बुद्धिचाल संघका सदस्य रघुनाथ महर्जनको नेतृत्वको ३ सदस्सीय टोलीमा १९ वर्ष मुनि उमेर समुहका राष्ट्रिय विजेता विवेक थिङ तथा महिला तर्फको राष्ट्रिय विजेता विणा जयसवालले खेलाडीको रुपमा सहभागीता जनाउने छन् ।
प्रतिभासाली खेलाडी विवेक पछिल्ला पुस्ताका हेर्न लायक चेस खेलाडीको रुपमा रहेका छन् । टाइम्स कलेजका छात्र विवेकका परिवारमा तीन चेस खेलाडी छन् । दाजु हिमाल लामा नेपालका परिचित चेस खेलाडी हुन् भने विवेककी बहिनी सुरुची थिंग नेपालको पहिलो महिला क्यान्डीडेट मास्टर हुन् ।

Comment