फूपूको सफलता बाबु दार्जे प्रति समर्पीत

phupuबि.स २०६४मा चन्द्र डंगोल र लीला अधीकारी दोर्जे खत्रीको होटलमा पुगे । त्यसै होटलमा त्यसै होटलमा भेट भएका चन्द्र डंगोल लीला अधीकारीले  फूपू लहमु खत्रीलाई जुडो खेल्न प्रेरित गरे । त्यसै प्रेरणाको प्रतिफल फूपू लमु नेपाली खेलकुदको सर्वाधीक महत्वपूर्ण खेलाडी बनेकी छिन् । १२ औ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको साख खस्की रहदा सबै नेपाली खेल शुभेच्छुकमााएक खाले तनाब थियो । त्यो तनाबको माझमा फूपुले १२ औ सागमा स्वर्ण पदक दिलाइन् । “पछि पछाडी फर्केर नहेरेकी फूपु त्यसको केही बर्ष पछि नै ५७ केजी तौल समुहको राष्ट्रिय च्याम्पियन भइन् । हाल उनी देवू थापा र सुनीता थापा खेल्ने गरेको ६३ केजी समुहकै च्याम्पियन हुन् ।
हंगेरीमै प्रशिक्षण गरेकी फूपुले त्यहा भएको प्रतियोगितामा तेस्रो स्थान पाएकी थिइन् । लगत्तै भुपालमा रहेको राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागि फूपुलाई प्रशिक्षक देवु थापाले भारतीय प्रतिद्धन्दीको खेलको बारे जानकारी गराएकी थिइन् । बुढापेस्टमा फूपु शारिरिक प्रशिक्षणमा आफूलाई केन्द्रित गरेकी थिइन् ।
बुढापेस्टमा हदा उनले उसुमा नेपालले स्वर्ण पदक जितेको समाचार थाहा पाएकी थिइन् । उनलाई स्वर्ण पदकको चाहना जागेको थियो । एसियाली जुडो युनियन, नेपाल जुडो संघ, ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, टोलीका अन्य खेलाडी तथा आजका दिनसम्म सहयोग गर्ने सबै प्रशिक्षक प्रतिउनले आभार ब्यक्त गरेकी छिन् ।
ताप्लेजुंग हेलेक नौ गुच्छाका फूपु भन्छिन्“ मेरो स्वर्ण पदक मेरो बाबा प्रति समर्पीत छ । तर यो मेरो जिद्यगीको अन्तिम उपलब्धी होइन । सुरुवात हो । ओलम्पिक मेरो लक्ष्य हो । सबैल अनुमान गरे भन्दा राम्रो गर्ने चाहना छ । ” बाबु दोर्जेको स्मृतीमा भएको रक क्लाइमबींङ्ग एन्ड माउन्टेनियरिङ्ग प्रतियोगितामा समेत उनी पाचौ भएकी थिइन् । उनको महत्वांकाक्षमा सहमत हुदै प्शिक्षक देवु भन्छिन्, “ जुन उमेरमा जुन सफलता उनले दिलाइन् र जुन बाटोमा उनी गएकी छिन् । यो सबै सम्भब छ । ”

Comment