महिला कबड्डी सेमिफाइनलमा

१२ औं दक्षिण एशियाली खेलको कबड्डी तर्फ नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।नेहरु स्टेडियममा शनिबार भएको खेलमा नेपाल बङ्गलादेससँग १७–२४ अंकले पराजित भयो । राउन्ड रोविन लिग अन्तर्गत आप्नो अन्तिम खेलमा पराजित भएता पनि नेपाल चौथो बन्दै सेमिफाइनलमा सिमिति बनेको हो । नेपालले सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारतसँग खेल्नेछ ।
खेलको सुरुवातमा ६–४ अंकले अग्रता बनाएको नेपालले त्यसलाई कायम गर्न नसक्दान पराजित हुन पुग्यो । पहिलो हाफ सकिंदा नेपाल ८–१७ अंकले पछाडि परेको थियो । अघिल्ला दुई खेलमा नेपाली महिला टोली श्रीलंका र भारतसँग पराजित भएको थियो ।यसैगरी पुरष कबड्डी तर्फ पनि नेपालको पुरुष टोलीले शनिबार श्रीलङ्कासँग ३२–१३ अंकले पराजित भएको छ । नेपालको यो लगातार तेस्रो हार हो । नेपालले अब आप्mनो अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । बंगलादेशलाई हराउन सके नेपाल सेमिफाइनलमा पुग्दै कम्तिमा कांस्य पदकको हकदार बन्नेछ ।

Comment