आर्मी र प्रहरीलाई उपाधि

नेपाल आर्मी र नेपाल प्रहरीले कबड्डी सुपर लिगको उपाधि शुक्रवार जितेका छन् । आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले एपीएफलाई ३४–२४ ले पराजित ग¥यो । प्रहरी तेस्रो भयो ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा प्रहरीले एपीएफलाई ४१–२८ ले हरायो । उपत्यका टोली तेस्रो स्थानमा रह्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित  भए । 

विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक सङ्घकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीन दिने प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ टिमले प्रतिस्पर्धा गरेको आयोजक सङ्घका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

Comment