मेनेजर रामको थप उत्साह

ram award news
सामाजीक तथा खेलकुदका क्षेत्रमा उत्तिकै सक्रिय राम श्रेष्ठ बोसले भारोत्तोलन खेलाडीको सफलताले आफू उत्साहित भएको बताएका छन् । १२ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक भारोत्तलनकी देवी चौधरीले जीतेकी थिइन् । यसैगरी, विकास थापाले त्यसको लगत्तै रजत पदक जितेका थिए ।
सप्ततरीकी २८ बर्षिया चौधरीको ११ बर्षे आरोह अबरोहमा यो प्रतियोगिता पनि त्यत्ति सहज थिएन । विच बाटोमै स्वाथ्यमा प्रतिकुल समस्या आए पछि टोली ब्यबस्थापनले उनलाई राम्रो सहयोग गरेको थियो । ब्यबस्थापन। प्रशिक्षक र टोलीका सबै सहयोगका कारण सहभागिता सम्भब भएको हो ।
विगत एक दशक देखि नेपाल पुलिस क्लबमा आबद्ध देवीको यो नै सबैभन्दा ठूलो उपलब्धी हो । उनी र विकासको सफलताले उत्साहित ब्यबस्थापक रामले सबै खेल स्पर्धा सकिए पछि केही महत्वपूर्ण घोषणा गर्ने बताएका छन् । टोलीका लागि उनी आफैले ट्रयाकसुट उपलब्ध गराएका थिए ।

Comment