साग स्वर्ण विजेता सञ्जु मृत फेला

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी  छिन् । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मङ्गलवार बिहान मृत अवस्थामा फेला पारिएको हो ।
चौधरी नेपाललाई सागमा भारोत्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् ।
उनी एसियाली खेलकुदका लागि नेपालगन्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।
Comment