रेफ्रीको रूपमा गोपालको फड्को

पहिलो पटक एसियन यूथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा रेफ्रीको रूपमा सहभागी हनु पाउँदा गोपाल श्रेष्ठले खुसी व्यक्त गरेका छन् । २८ जुलाई देखि ५ अगस्टसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने च्याम्पियनसिपका लागि गोपाल बुधवार त्यस तर्फ प्रस्थान गर्दै छन् । 

नेपालको तर्फबाट सञ्जय यादव र हेमन्त पालले सहभागिता जनाउँदै छन् । खेलाडीको रूपमा गोपाल लामो समय हेभिवेटमा नेपाली भूमिमा अपराजेय थिए । उनको राष्ट्रिय कीर्तिमान खेल जीवन भरी नै कायम थियो । अपराजेय रहेकै समयमा उनी सन् २०१८ को एसियाडमा सहभागिता जनाए पछि खेलाडी जीवनबाट टाढा रहेका थिए । 

गोपालको यस सफलतामा सङ्घ अध्यक्ष रामकृष्ण श्रेष्ठ‘बोस’ र पार्थ सारथि सेन गुप्तको भूमिका रहेको श्रेष्ठ बताउँछन् । 

Comment