गुप्त एसियाली भारोत्तोलनमा

नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथि सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोस ले जनाएका छन् ।
यसअघि गुप्त एसियाली भारोत्तोलन सङ्घअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारण सभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी थिए ।
अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाई दिँदै एसियाली भारोत्तोलन सङ्घमा नेपालको उपस्थितिले सिङ्गो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।
Comment