टेक्निकल तथा काता सेमिनार सम्पन्न

ome
जापान कराते डो गोजुरियो ओसिकाइ संघ, नेपालको आयोजनामा तेश्रो राष्ट्रिय टेक्निकल तथा काता सेमिनार शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा सम्पन्न भएको छ ।
प्रशिक्षकको स्तर वृद्धि गर्ने उद्देश्यका साथ आयोजित सेमिनारमा देशभरका १ सय ११ प्रशिक्षकले सहभागिता जनाएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक ओमकृष्ण प्रसाईंले जनाएका छन् ।
प्रसाईंले नै सेमिनार सञ्चालन गरेका थिए । एकदिने सेमिनारको आयोजक संघका अध्यक्ष नेत्रबहादुर लिम्बूले उद्घाटन गरेका थिए ।

Comment