ट्रायथलनको विदाई

थाईल्याण्डको  फुकेटमा आयोजना हुने चौथौं एशियाली विच गेम्समा सहभागी हुन जाने नेपाली ट्रायथलन टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले नेपाली टोलीलाई  विदाई गरे । कार्तिक २८ देखि मंसिर ७ गते सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा टिकाराम थापा र हिमाल तमाटा रहेकाछन् । टिम प्रशिक्षकमा युवराज सुनुवार र टिम ब्यवस्थापकमा संघका महासचिव निलेन्द्रराज श्रेष्ठ रहेकाछन् ।
२६ राष्ट्रका ४६ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपाली टिमले ब्यक्तिगत स्प्रिन्टमा सहभागिता जनाउने टिम ब्यवस्थापकले जनाएकाछन् । जसमा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड रहेकोछ । trailiatholon1

Comment