एनएसए पौडी बिहिबार

नेपाल पौडी संघको आयोजनामा पाँचौं एनएसए कप पौडी प्रतियोगिता भाद्र १० र ११ गते हुने भएको छ ।
उमेर समूह अन्तरगत १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्षका व्याईज र गल्र्स खेलाडीहरुको फ्रि स्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरफ्लाईमा ५० मिटरको प्रतिस्पर्धा हुने छ ।
यस्तै खुला तर्फ महिला र पुरुषले फ्रिस्टायलमा ५०, १००, २०० र ४०० मिटर, ब्रेष्ट, ब्याक र बटरफ्लाईमा ५०, १०० र २०० मिटर, व्यक्तिगत मिड्ले तर्फ २०० र ४०० मिटरमा प्रतिस्पर्धा हुने प्रमुख रेफ्री जय प्रकाश गुरुङ्गले जनाएका छन् ।
प्रतियोगितामा २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताए । प्रतियोगिता सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा रहेको पौडी पोखरीमा आयोजना हुनेछ ।

Comment