बज्राचार्य माथि एकलौटी सङ्घ चलाएको आरोप 

२०६६ सालमा नेपाल पौडी सङ्घका तत्कालीन महासचिव अशोक बज्राचार्य माथि गम्भीर आरोप लागेको थियो । तत्कालीन मुख्य प्रशिक्षक ईश्वर कार्की सहित ४ प्रशिक्षकले महासचिव बज्राचार्यले मनोमानी गरेको आरोपमा विद्रोह गरेका थिए । उनीहरूले बज्राचार्य माथि गम्भीर आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए । 

विज्ञप्ति जारी गर्नेमा कार्की सहित वर्तमान मुख्य प्रशिक्षक शंकर कार्की, ओङडेन लामा र रबिन पौडेल थिए । बज्राचार्यले कत्तिसम्म हरकत गरेका थिए भने चीनको बेइजिङमा सन् २००८ मा भएको गृष्मकालीन ओलम्पिकमा आफै प्रशिक्षकको रूपमा गएको थिए । यसले प्रशिक्षकहरूको भावना माथि ठुलो मर्माहत गरेको थियो । 

सन् २०१० को फेब्रुअरीमा जापानमा भएको ५१ औ जापान ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट नगराई नेपालले सहभागिता गराएको आरोप लगाइएको थियो । 

पौडीको विश्व च्याम्पियनसिपमा समेत प्रशिक्षक विहीन गराउने काम बज्राचार्यले गरेका थिए । सन् २००० र २००४ मा यसै हबिगत भएको थियो । 

हालका अध्यक्ष बज्राचार्य प्रदीप समसेर राणाको नेतृत्वमा उपाध्यक्ष तथा प्रगुण समसेर राणाको नेतृत्व रहँदा महासचिव थिए ।  त्यस पछि अध्यक्ष भएका बज्राचार्य आफू केन्द्रमा रहेर सङ्घलाई आफू अनुकूल सञ्चालन गरेको आरोप विगतमा पनि नभएको होइन । 

बज्राचार्य नेतृत्वमा पौडी विकासमा भएको गलत काम यत्ति मात्र होइन । बि.स २०७२ सालमा भएको भुईँचालोको  समयमा पीडितलाई वर्ल्ड अक्वेटिक्स तथा तत्कालीन विश्व पौडी महासङ्घबाट आएको रकममा लागि भन्दै निवेदन मागिएको थियो । 

यसरी धेरै जनाले निवेदन दिए पनि कसैले पनि सो बापतको रकम पाएका थिएनन् । वर्ल्ड अक्वेटिक्सबाट कार्यालय सञ्चालन बापत आउने मासिक रकमको पनि उनले हिसाब सार्वजनिक गरेका छैनन् । नियमित रूपमा साधारण सभा समेत पौडी संघले नगरे पछि  हिसाब सार्वजनिक गर्ने र वार्षिक रूपमा अडिट रिपोर्ट पेस गर्ने प्रचलन अहिलेसम्म छैन । 

उनको कार्यकालमा पूर्वाधारमा शून्य रहेको आरोप धेरै जानको छ । शनिवार हुने साधारण सभामा उनले फेरी उम्मेदवारी दिने तयारी गरेका छन् । परन्तु, भूकम्प पीडितको सो निवेदन, सबै अफिसियल प्रतियोगितामा आफै मेनेजर बन्ने शैली, ओलम्पिक जस्तो जिम्मेवार प्रतियोगितामा प्रशिक्षकको मान मर्दन गर्दै आफै प्रशिक्षकको रूपमा जाने शैली र वर्ल्ड अक्वेटिक्सबाट आउने रकमको मुद्दा यस साधारण सभामा उठ्ने छ । 

Comment