नेपाली खेलाडीद्वारा किर्तिमान राख्ने क्रम जारी

sirsi
नेपाली पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई निरन्तरता प्रदान गरिरहेका छन् । रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा किर्तिमानलाई जारी राख्ने क्रममा शिरिष गुरुङ्गले थप नयाँ किर्तिमान राखेका छन् । उनले १०० मिटर फ्रिस्टायलमा २०१४ मा काठमाण्डौमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डको समयमा ३३ डिजिटले सुधार गर्दै ५८.२२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले कजानबाट जनाएका छन् ।
एक दिन अघि  कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा सोफिया शाहले २०० मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् । उनले २०० मिटरको दूरी २ मिनट १८.९३ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहले राखेको २ मिनट १९.७२ सेकेन्डको किर्तिमानलाई भंग गरेकी हुन् । गौरीकाले उक्त किर्तिमान काठमाण्डौमा भएको २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिईन् । ६३ खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा सोफिया समग्रमा ६० औं स्थानमा आईन् ।
सोही प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोकमा किरण कार्कीले ७६ खेलाडीको सहभागिता रहेकोमा ३४.९४ सेकेन्डका साथ ६९ औं स्थानमा आएको कजानबाट ब्यवस्थापक बासुदेव निरौलाले जानकारी गराए ।
सोही प्रतियोगितामा गौरीका सिंहले आइतबार १०० मिटर ब्याकमा नयाँ राष्ट्रिय किर्तिमान राखेकी थिईन् ।

Comment