किड्समा नेपाल र बयस्कमा अमेरिकामा छाउदै करातेकर्मी अशेष

ashes 4ashes2

५० को दशकमा नेपाली करातेमा परिचित नाम  अशेष राइ अहिले अमेरिकी खेल बृत्तमा पनि  त्यत्तिकै चर्चामा रहेका छन् । लुसीयानामा भएको जेकेए कराते प्रतियोगितामा स्वर्ण पदक जिते पछि उनको चर्चा चुलीएको हो । त्यसै बर्ष भएको बार्षिक अल साउथ कराते प्रतियोगितामा पनि उनले काश्य पदक जितेका थिए ।
अमेरिकामा पुग्नु अघि नै उनले नेपाली खेलकुदमा थुप्रै महत्वपूर्ण सफलता हात पारेका थिए । सन् २००६ मा नेपालमा भएको छैटौ राष्ट्रिय कराते प्रतियोगिताका काश्य पदक विजेता राइले त्यसको दुइ बर्ष अघि नै भएको काठमाडौ उपत्यकाब्यापी रनिंग ट्रफी कराते तथा किक बक्सींग प्रतियोगिताको उपाधि जितेका थिए ।
आठ  बर्षको उमेर देखि नै सफलता पाउने गरेका राइका जिन्दगीका दुइ स्वर्णीम पाटा रहे । सन् २००४ मा  ओलम्पिक युथ क्याम्पमा नेपालको प्रतिनिधीत्व गर्दै ग्रीस पुगेका उनले दक्षिण पूर्वी एसियाको कान्छो ब्ल्याकबेल्टको रुपमा पनि कीर्तिमान कायम गरेका थिए ।
प्रतियोगितामा एक पछि अर्को सफलता पाउने क्रममा उनले सन् २००२ मा गोपालमान सिंह स्मृती अन्तराष्टिय कराते तथा कीक बक्सींग प्रतियोगितामा उत्कृष्ट खेलाडी हुदै स्वर्ण पनि जितेका थिए । नेपालको पूर्वी शहर धरानमा सन् १९८७ मा जन्मीएका प्रतिभाशाली यी खेलाडी नेपाली खेलबृत्तमा छाउन थालेका एकदमै कम उमेरमा हो । उनले सन् २००१ मा सितेरियो कराते किड्स भ्याली च्याम्पियनसीपमा तेस्रो स्थान पाएका थिए । त्यसै प्रतियोगितामा उनी बेस्ट फाइटर भएका थिए ।
११ बर्षको कलीलो उमेरमा भुटान नेपाल सितेरियो कराते तथा कीक बक्सींग कराते प्रतियोगितामा स्वर्ण पदक जितेका उनी त्यसै बर्ष सुनसरी जिल्ला च्याम्पियनसीपको उपाधि जित्नुका साथै उत्कृष्ट खेलाडी बन्न सफल रहे । आठ बर्षको उमेरमा उनले दोस्रो पानाथलन अन्तराष्ट्रिय कराते प्रतियोगितामा किड्स कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए ।
लगातार एक पछि अर्को सफलता पाउदै गएका उनीबाट सबै प्रभावित भए पछि राष्ट्रिय खेलकुद परिषद्बाट प्रदान गरिने पाच बर्षे छात्रबृत्ती पाउन सफल भइ लिटलएन्जल्स स्कुलमा पुगेका थिए ।  राइले नेपालमा रहदा अत्यन्त मिलनसार र लगनसिल ब्यक्तित्वको छबी त बनाएका थिए नै । उनको खेललाई सानै देखि नजीकबाट हेरेका साग स्वर्णपदकधारी कराते खेलाडी कुशल श्रेष्ठकै विचारमा उनी अत्यन्त क्षमतावान र आफ्नो लक्ष्यमा दत्तचित्त ब्यक्तित्व पनि हुन् । राइ नेपालमा रहेको भए अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन उभो रहने अनुमान कुशलको छ ।  नेपालका अन्य करातेकर्मी पनि अशेष नेपालले गुमाउन नहुने एक होनहार करातेकर्मी भएकोमा सहमत छन् ।

Comment