खड्गीको तेक्वान्दो गाइड सार्वजनिक

taekwondo bhai

काभ्रेस्थली तेक्वान्दो डोजांगका प्रमुख विक्रम खड्गीबाट लिखित तेक्वान्दो गाइड वानको शनीबार बिमोचन भयो । कार्यक्रममा बिशेष अतीथीको रुपमा युवा तथा खेलकुद मन्त्रालयका सचिव पौडेलले पनि पुस्तकको बारे प्रकास पारे ।
तेक्वान्दोका बरिष्ठ मुख्य प्रशिक्षक दिपराज गुरुंगले पुस्तक प्राथमिक तहका तेक्वान्दो खेलाडीका लागि उपयोगी हुने बताए । पुस्तक तयार गर्ने क्रममा बरिष्ठ साहयक मुख्य प्रशिक्षक अर्जुन बिकको बिशेष सहयोग रहेको थियो ।
तेक्वान्दोका तेस्रो डान खड्गीको पारिवारिक वातावरण समेत तेक्वान्दो मय छ । उनको परिवारमा १ दर्जन भन्दा बढी तेक्वान्दो ब्ल्याकबेल्ट रहेका छन् । पुस्तक सुरुवाती खेलाडी देखि रातो पेटीसम्मका लागि उपयुक्त मानीएको छ । पुस्तकमा तेक्वान्दोसंग सम्बन्धीत कोरियन शब्दको अर्थ प्रस्ट हुने गरी खुलाइएको छ ।

Comment